काठमाडौं । छिल्लो समय तीज गीतहरू दैनिक आधा दर्जन बढी रिलिज भइरहेका हुन्छन्। रिलिज भएका कतिपय गीतले तारिफ बटुलिरहेका छन् त कतिपय गीतले आलोचना पनि। यसैबीचमा तीजलाई लक्षित गरेर गायीका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ ।
यो गीत केही दिन अघि मात्रै रिलिज भएको हो।गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । आफ्नो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ ।


गीतको भिडियोलाई केशव राज भट्टले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरु जुना कार्की, संचिता बुलाखे, टिका प्रसाईं, सरोज बुढाथोकीले अभिनय गरेका छन् । भिडियोको छायांकन अजय रेग्मी र सम्पादन दिनसन शाहले गरेका छन । भिडियो Pramila Basnet को अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो।
हेर्नुहोस् भिडियो







