सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा जिल्ला स्तरीय जुडो संघ गठन कार्यक्रम सम्पन्न भएको छ। बाह्रबिसे नगरपालिका–स्थित खोर्सानीबारी कबर्ड हलमा आयोजित कार्यक्रमले दावा दोर्जे तामाङको अध्यक्षतामा जिल्ला स्तरीय जुडो संघ गठन गरेको हो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला खेलकुद विकास बोर्डका अध्यक्ष रामकृष्ण दंगाल तथा विशेष अतिथिका रूपमा नेपाल जुडो महासंघका केन्द्रीय सदस्य तुलबहादुर थापा मगरको उपस्थिति रहेको थियो। त्यसैगरी अतिथिका रूपमा कराते महासंघका उपाध्यक्ष श्याम तामाङ, हेल्पिङ ह्यान्ड्स ग्रुपका अध्यक्ष बिकेश तामाङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा बौद्धिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
प्रशिक्षकका रूपमा खेलबहादुर तामाङले भूमिका निर्वाह गरिने छ। जिल्लामा जुडो खेलको विकास, विस्तार तथा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित संघ गठन गरिएको आयोजकले जनाएको छ। जिल्ला स्तरीय संघ गठनसँगै जिल्लामा जुडो खेलको संस्थागत विकास, नयाँ खेलाडी उत्पादन तथा खेलकुद गतिविधिलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।




