सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं. २ (प्रदेश सभा–क) बाट ध्रुव थापाले प्रदेश महाधिवेशन प्रतिनिधि (खुला) तर्फ उम्मेदवारी घोषणा गर्नुभएको छ।
थापाले आफ्नो उम्मेदवारीलाई युवा पुस्ताको आवाज, सहभागिता र नेतृत्वलाई सशक्त बनाउने अभियानका रूपमा अघि सार्नुभएको छ। उहाँले “पद होइन जिम्मेवारी, आश्रय होइन योगदान” भन्ने नारासहित कांग्रेसभित्र नयाँ सोच, खोज र नेतृत्वलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उम्मेदवारी घोषणासँगै थापाले राजनीतिलाई पेशा नभई समाजसेवाको माध्यम बनाउने, जिम्मेवार, परिवर्तनशील र प्रजातान्त्रिक कांग्रेस निर्माणमा योगदान गर्ने तथा संगठनलाई अझ मजबुत, उत्तरदायी र गतिशील बनाउने विषयलाई प्राथमिकतामा राख्नुभएको छ।
थापाको अभियानमा “परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालको लागि सबल कांग्रेस” भन्ने मूल भावलाई अघि सारिएको छ। उहाँले युवाको आवाज र सहभागितालाई पार्टी संगठनमा प्रभावकारी रूपमा स्थापित गर्दै नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउने आवश्यकता रहेको बताउनुभएको छ।
उम्मेदवारीका प्रमुख आधारका रूपमा थापाले युवाको आवाज, सहभागिता र नेतृत्वलाई बलियो बनाउने, नयाँ सोच र नयाँ नेतृत्वसहित अघि बढ्ने, राजनीतिलाई समाजसेवाको माध्यम बनाउने तथा जिम्मेवार, परिवर्तनशील र प्रजातान्त्रिक कांग्रेस निर्माणमा योगदान गर्ने प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ।
त्यस्तै, पार्टी संगठनलाई मजबुत, उत्तरदायी र गतिशील बनाउँदै अग्रजको अनुभव र युवाको ऊर्जालाई समेटेर अघि बढ्ने उहाँको अभियानको मुख्य उद्देश्य रहेको छ।
















