काठमाडौं । गायिका लक्ष्मी परियार र रविन गहतराजको स्वरमा नयाँ गीत ‘क्रेजी जयरु’ सार्वजनिक हुने तयारीमा रहेको छ। गीतमा अर्जुन गहतराजको शब्द तथा निर्देशन रहेको छ भने रविन गहतराजले संगीत दिएका छन्।
गीतको एरेन्ज नारायण डंगालले गरेका छन्। गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ हेमराज डाँगीले गरेका हुन्। गीतको रेकर्डिङ महक स्टुडियोमा गरिएको हो भने ट्र्याक म्युजिक प्लस स्टुडियोको रहेको छ।



‘क्रेजी जयरु’को म्युजिक भिडियोमा लक्ष्मी परियार र रविन गहतराजको अभिनय रहेको छ। भिडियोको सिनेमाटोग्राफी एजे अजुले गरेका छन्। मेकअप आर्टिस्ट (MUA) गीता विश्वकर्मा हुन्।
भिडियोको सम्पादन तथा कलर नविन बोहराले गरेका छन्। गीतको निर्देशन अर्जुन गहतराजले गरेका हुन्।
नयाँ पुस्तामाझ लक्षित गरिएको ‘क्रेजी जयरु’ गीतमा संगीत, अभिनय र आकर्षक भिडियो प्रस्तुतिलाई संयोजन गरिएको निर्माण पक्षले जनाएको छ। गीत सार्वजनिक भएपछि दर्शक–श्रोताबाट राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।
पुरा भिडियो हेर्नुहोस्











