सिन्धुपाल्चोक — भोटेकोसी नदीमा आएको बाढीका कारण क्षति पुगेका नुवाकोटका विभिन्न प्रभावित क्षेत्रमा काभ्रेपलाञ्चोक क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य बदन भण्डारी पुगेका छन्।
बाढीबाट क्षति पुगेका स्थलको स्थलगत निरीक्षण गर्दै सांसद भण्डारीले प्रभावित नागरिकलाई राहत सामग्री वितरण गर्नुका साथै होल्डिङ सेन्टरहरूको अवस्था, राहत तथा उद्धारको व्यवस्थापन र प्रभावित नागरिकका समस्या तथा जनगुनासोबारे जानकारी लिएका छन्।



स्थलगत अनुगमनका क्रममा उनले बाढीबाट प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूले भोगिरहेका समस्या, तत्काल आवश्यक पर्ने राहत तथा आगामी दिनमा गर्नुपर्ने व्यवस्थापनका विषयमा जानकारी लिएका थिए।
भण्डारीले विपद्का बेला प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उनीहरूको गुनासो सम्बोधन गर्न सम्बन्धित निकायसँग समन्वय आवश्यक रहेको बताए। बाढीबाट क्षति पुगेका संरचना तथा प्रभावित क्षेत्रको अवस्थाबारे समेत उनले स्थलगत जानकारी लिएका छन्।
सांसद भण्डारी पछिल्लो समय रसुवा बाढी तथा प्रभावित काभ्रेली नागरिकको खोज तथा उद्धारको विषयमा समेत संसद्मा आवाज उठाउँदै आएका छन्।
जनताको दुःखमा प्रत्यक्ष पुगेर अवस्था बुझ्ने र आवश्यक सहयोग तथा समन्वय गर्ने उद्देश्यले गरिएको यो स्थलगत अनुगमनलाई प्रभावित नागरिकले सकारात्मक रूपमा लिएका छन्।











