काठमान्डौं- अरुणिमा–रमेश विकल अन्तर विद्यालयस्तरीय स्थलगत बाल चित्रकला प्रतियोगिता – २०२६ नव अरुणिमा मा. वि. आरुबारीमा मिति २०८३ भाद्र २० गते शनिबार भब्य कार्यक्रका बीच सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि पूर्व कुलपति नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति श्री के. के. कर्माचार्यज्यू, अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष श्री भिमानन्द ढुंगानाज्यू र नव अरुणिमा मा. वि. का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री गोपाल प्रसाद बरालज्यूले सम्बोधन गर्नुभयो । अरुणिमा शैक्षिक प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछाने, रमेश विकल साहित्य प्रतिष्ठानका सचिव श्री आलोक चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष श्री राजिब थापा र अन्य प्रतिष्ठित व्यक्तित्वहरूको समुपस्थितिमा कार्यक्रम सव्य र भव्य रुपमा सम्पन्न भयो ।
कार्यक्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत २९ विद्यालयका ५६ जना विद्यार्थीहरू सहभागी हुनुुभयो । सहभागी विद्यार्थीहरूको चित्रकलाको मूल्याङ्कन सृजना कलेज अफ फाइन आर्टस्का निर्णायकद्वय प्राध्यापक श्री कृष्ण गोपाल श्रेष्ठज्यू र भिजुयल आर्टिस् श्री सम्झना राजभण्डारीज्यूले गर्नुभयो । प्रतियोगिताका विजयी विद्यार्थीहरू (प्रथम– सम्झना तामाङ, जिनियस ईङ्लिस स्कूल, द्वितीय– स्वीकृति तामाङ, अरुणिमा मा. वि., तृतीय– युजधोज थापा, शिक्षालय नेपाल, चतुर्थ– रश्मि श्रेष्ठ, हिमशृंखला एकेडेमी र निर्णायक प्रोत्साहन पुरस्कार लोमस पुडासैनी, द सेलिब्रेसन को.एड.) लाई सोही समारोह बीच प्रमाण पत्र, ट्रफी, मेडलसहित पुरस्कार वितरण गरियो । कार्यक्रमको अन्त्यमा सभाध्यक्ष अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष श्री भिमानन्द ढुंगानाज्यूले कृतज्ञताका साथ सम्पूर्ण उपस्थित महानुभावहरूमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभयो ।














