
काठमाडौं — भोटेकोशी नदीमा आएको बाढीका कारण चीनतर्फ अलपत्र परेका नेपाली नागरिक तथा मालवाहक सवारीसाधनलाई सुरक्षित रूपमा नेपाल ल्याउन आवश्यक कूटनीतिक पहल गर्न परराष्ट्रमन्त्री शिशिर खनालको ध्यानाकर्षण गराइएको छ।
बाढीबाट भएको जनधनको क्षतिबारे आवश्यक कूटनीतिक पहल तथा चीनतर्फ अलपत्र परेका नेपाली नागरिक र मालवाहक सवारीसाधनको उद्धार एवं नेपाल फिर्तीका लागि तत्काल पहल गर्न मन्त्री खनालसँग आग्रह गरिएको हो।



त्यसैगरी, तातोपानी नाकालाई पूर्णरूपमा सञ्चालनमा ल्याउन तथा अरनिको राजमार्ग हुँदै नेपाल प्रवेश गर्न नपाई अलपत्र अवस्थामा रहेका नेपाली नागरिक र मालवाहक सवारीसाधनलाई यथाशीघ्र नेपाल ल्याउने वातावरण बनाउन आवश्यक समन्वय र पहल गर्न समेत मन्त्रीको गम्भीर ध्यानाकर्षण गराइएको छ।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले यस विषयमा सरकारका तर्फबाट आवश्यक समन्वय र पहल भइरहेको जानकारी दिँदै धेरै विषयमा तयारी पूरा भइसकेको बताएका छन्।
तातोपानी नाका सञ्चालनमा आएपछि चीनसँगको व्यापारिक आवागमन सहज हुनुका साथै सीमाक्षेत्रमा अलपत्र रहेका नागरिक तथा मालवाहक सवारीसाधन नेपाल ल्याउन सहज हुने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया !










