काठमान्डौं — कोशी प्रदेश भ्रमणका क्रममा ऊर्जा, खानेपानी, सिँचाइ तथा कृषि क्षेत्रको सम्भावना, आवश्यकता र चुनौतीबारे प्रदेशका सम्बन्धित मन्त्रीहरूसँग गहन छलफल गरिएको छ।
भ्रमणका क्रममा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री त्रिलोचन पाठक र कृषि तथा सहकारी मन्त्री रामप्रसाद मेहतासँग कोशी प्रदेशको ऊर्जा, खानेपानी, सिँचाइ र कृषि क्षेत्रको विकासका सम्भावना तथा विद्यमान चुनौतीबारे विस्तृत छलफल भएको हो।



छलफलमा विशेषगरी सुनसरी–मोरङ सिँचाइ आयोजनाको व्यवस्थापन, हेडवर्क्स सुधार तथा दीर्घकालीन विकल्पका विषयमा गम्भीर छलफल भएको जनाइएको छ। साथै संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विकास आयोजनालाई परिणाममुखी बनाउने विषयमा समेत संवाद भएको छ।
कोशी प्रदेशको कृषि तथा सिँचाइ क्षेत्रको ठूलो सम्भावनालाई उत्पादन र परिणाममा रूपान्तरण गर्न भ्रमणका क्रममा प्राप्त सुझाव, अनुभव र स्थानीय आवश्यकतालाई आगामी कार्यदिशामा समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
भ्रमणका क्रममा प्राप्त आत्मीय स्वागत, सद्भाव र सहकार्यका लागि कोशी प्रदेशका जनप्रतिनिधि, कर्मचारी, उद्योगी–व्यवसायी तथा सम्पूर्ण दाजुभाइ–दिदीबहिनीप्रति धन्यवाद व्यक्त गरिएको छ।











