काठमाडौं । भदौ १ गते मुलुकी संहिता दिवस, २०८३ को अवसरमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको आयोजनामा विशेष कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा मुलुकी संहिताको निर्माणदेखि हालसम्मको अभ्यास तथा उपलब्धिको समीक्षा गर्दै यसको कार्यान्वयनका क्रममा देखिएका चुनौती, सुधारका आवश्यकता र आगामी दिशाबारे महत्वपूर्ण विचार, अनुभव तथा सुझाव आदानप्रदान गरिएको थियो।



कार्यक्रममा सम्माननीय प्रधानन्यायाधीश, सम्माननीय सभामुख, कानून, न्याय तथा मानव अधिकार समितिका माननीय सभापति तथा सदस्यहरू, माननीय न्यायाधीशहरू, नेपाल बार एशोसिएशनका अध्यक्ष, मुख्यरजिस्टार, सचिवहरू, राष्ट्रसेवक कर्मचारी, संहिता निर्माण कार्यदलका सदस्य, कानूनविद्, कानून व्यवसायी, प्राध्यापक, विज्ञ तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रमले मुलुकी संहिताको प्रभावकारी कार्यान्वयन, विद्यमान कानूनी अभ्यासमा सुधार तथा न्याय प्रणालीलाई थप प्रभावकारी र समयसापेक्ष बनाउने विषयमा सरोकारवालाबीच संवाद र सहकार्यको वातावरण निर्माण गरेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले कार्यक्रममा सहभागी भई महत्वपूर्ण विचार, अनुभव तथा सुझाव प्रदान गर्नुहुने सम्पूर्ण महानुभावप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।











