काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका–४, जगथलीबाट पनौतीतर्फ आउँदै गरेको बोलेरो स्यउरीथली नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
दुर्घटनामा घाइते भई धुलिखेल अस्पतालमा उपचाररतहरूको अवस्था बुझ्न तथा उपचारमा आवश्यक समन्वय गर्न काभ्रे क्षेत्र नं. २ का सांसद बदन भण्डारी अस्पताल पुग्नुभएको छ।



सांसद भण्डारीले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताल तथा सरोकारवालासँग आवश्यक समन्वय गरिरहनुभएको छ।
उहाँले घाइतेहरूको उपचारलाई प्राथमिकतामा राख्दै आवश्यक सहयोग र व्यवस्थापनका लागि सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ।











