काठमाडौं । गायक राजेन्द्र बजगाईं र गायिका सारिका घिमिरेको स्वरमा रहेको नयाँ नेपाली गीत ‘उड्यो लाहुरे दाजैले’ सार्वजनिक भएको छ। गीतमा राजेन्द्र बजगाईंको शब्द तथा संगीत रहेको छ।
गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका छन् भने रेकर्डिस्टको जिम्मेवारी राजेश नेपालले सम्हालेका छन्। गीतमा धोलक, तबला तथा मादलमा भुवन गन्धर्व, बाँसुरीमा रत्न बीके, सारंगीमा हेमन्त कान्छा रसाइली र रिदम गिटारमा पुरस्कार खड्काको योगदान रहेको छ। गीतको रेकर्डिङ आफ्नो मन स्टुडियोमा गरिएको हो।



**एपी चलचित्र प्रोडक्सन प्रा.लि.**ले अडियो तथा भिडियो निर्माण गरेको गीतको भिडियो निर्देशन अमर ओलीले गरेका छन्। कोरियोग्राफी देवेन्द्र पाण्डेको रहेको छ।
भिडियोमा Razz Tiger, शिला गजुरेल, राजन बुढाथोकी, विनोद रसाइली र रविना कार्कीलगायत कलाकारको अभिनय रहेको छ। छायांकन वीरेन्द्र भट्ट, सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन् भने पोस्टर डिजाइन सन्तोष डिजाइनले गरेका छन्।
त्यस्तै, मेकअप आर्टिस्टका रूपमा गीताञ्जली योगी, आईटी सपोर्टमा राजेन्द्र अर्याल तथा ग्रुप डान्सर र ड्रेसमा वस्त्रको सहकार्य रहेको छ।
लाहुरे जीवन, नेपाली समाज र मौलिक सांगीतिक भावनालाई प्रस्तुत गर्ने उद्देश्यसहित तयार गरिएको गीतले दर्शक तथा स्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षले गरेको छ।











