चौतारा, सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला सभापति पदका लागि कमला खड्काको उम्मेदवारी घोषणा गरि चुनावि मैदानमा छन् ।
उनको चुनावी प्रतिबद्धतामा विश्वास, पारदर्शिता र सक्षम नेतृत्वमार्फत बलियो संगठन निर्माण, समृद्ध सिन्धुपाल्चोकको आधार तयार गर्ने तथा पार्टीलाई जिल्लाभर अझ सक्रिय र जनमुखी बनाउने लक्ष्य समेटिएको छ।



रास्वपा सिन्धुपाल्चोकको जिल्ला अधिवेशनका क्रममा हुने नेतृत्व चयन प्रक्रियामा खड्काको उम्मेदवारीले जिल्ला संगठनमा नयाँ नेतृत्वको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।











