काठमाडौं । श्रमजीवी पत्रकार संघ, नेपालले सम्पादकीय स्वतन्त्रता र श्रम अधिकार हनन भएको आरोप लगाउँदै कान्तिपुर मिडियाविरुद्ध आन्दोलनको घोषणा गरेको छ।
संघका अध्यक्ष जन्मदेव जैसीले लामो समयदेखि कार्यरत पत्रकारलाई कानुनी सेवासुविधा नदिई जबरजस्ती राजीनामा गराइएको र श्रम अधिकार उल्लंघन भएको आरोप लगाए। उनले पत्रकार, ट्रेड युनियन र सरोकारवालालाई आन्दोलनमा साथ दिन आह्वान गरेका छन्।



यसअघि पनि कान्तिपुरविरुद्ध आन्दोलन भएको स्मरण गराउँदै संघले सम्झौता कार्यान्वयन नभएको र पुनः पुरानै गतिविधि दोहोरिएकाले आन्दोलन गर्न बाध्य भएको जनाएको छ।











