सिन्धुपाल्चोक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोक जिल्ला अधिवेशन लगातार दुईपटक स्थगित भएपछि आगामी २०८३ साल साउन २२ गते अधिवेशन गर्ने निर्णय गरिएको छ। तर अधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीभित्र नयाँ–नयाँ विवाद र प्रश्नहरू सतहमा आएका छन्। कार्यकर्तामाझ अहिले एउटा प्रश्न व्यापक रूपमा उठिरहेको छ—”पार्टी विधानअनुसार चल्दैछ कि कुनै समूहले जिल्ला संगठन नै कब्जा गर्न खोजिरहेको छ?”
जिल्ला सभापति पदम ५ जना उमेलवार रहेको छ पार्टी केन्द्रीय र्याट बिभागका सस्थापन सदस्य कुमार श्रेष्ठ , तिन वर्ष भन्दा बढि जिल्ला समिति मै रहि काम गरेका पासाङ तामाङ,चक्रपाणी सिग्देल , दिलाराम श्रेष्ठ र पछिल्लो समय जोडिएका जंग प्रताप (जेपी) सिलवाल पाँच उम्मेदवारमध्ये जंगप्रताप (जेपी) सिलवाल सम्बन्धमा पार्टीको केन्द्रीय निर्वाचन आयोगमा औपचारिक उजुरी परेको दाबी गरिएको छ। उजुरीमा उहाँ हाल पनि नेकपा (एमाले) पुरानो पार्टी बाट निर्वाचित जुगल गाउँपालिका–४ वडाका बहालवाला वडा सदस्य रहेको तथा सोही हैसियतमा भत्ता सुविधा लिइरहेको अवस्थामा रास्वपाको जिल्ला सभापति पदमा उम्मेदवारी दिएको विषय उठाइएको बताइएको छ।



यसबारे आयोगको आधिकारिक निर्णय आउन बाँकी छ।
यससँगै अर्को गम्भीर विषय पनि कार्यकर्ताहरूबीच चर्चामा छ। जिल्ला प्रतिनिधि तथा जिल्ला सभापति पदका उम्मेदवार रहेका सिलवाललाई जिल्ला केन्द्रीय नेताको विशेष सिफारिसका आधारमा रास्वपाको चितवनमा सम्पन्न केन्द्रीय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनाइएको र मतदानसमेत गरेको भन्ने दाबी सार्वजनिक रूपमा उठाइएको छ।
यदि यी दाबीहरू पुष्टि भएमा, रास्वपा विधानमा उल्लेखित “एक व्यक्ति, एक मत”, बहु प्रतिनिधित्व तथा बहु मताधिकार निषेध सम्बन्धी व्यवस्थाको पालना भएको थियो वा थिएन भन्ने विषय केन्द्रीय निर्वाचन आयोगले स्पष्ट गर्नुपर्ने माग कार्यकर्ताहरूले गरेका छन्।
पार्टीभित्र केही कार्यकर्ताले सम्बन्धित उम्मेदवारलाई जिल्लाका केन्द्रीय नेता र माननीयको बिशेश संरक्षण र समर्थन रहेको भन्ने व्यापक जिल्लाभरी चर्चा चलेको व्यक्त गरेका छन्। यद्यपि, यस विषयमा कुनै आधिकारिक पुष्टि भएको छैन र सम्बन्धित पक्षको धारणा सार्वजनिक हुन बाँकी छ।











