काठमाडौं-सुकुम्बासीलाई सरकारविरुद्ध उकासेको आरोपमा भूमी आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टीका नेता नहेन्द्र खड्का पक्राउ परेका छन्। प्रहरीले शनिबार उनलाई कीर्तिपुरबाट पक्राउ गरेको हो।
अनुसन्धानको क्रममा उनले सरकारविरुद्ध आन्दोलन गर्न उनले सुकुम्बासीलाई उक्साएको प्रमाण भेटिएको प्रहरी स्रोतले जनाएको छ। यसअघि उनी सुकुम्बासी समस्या समाधान गर्न बनेको आयोगको केन्द्रीय उपाध्यक्ष बनेर काम गरेका थिए।



उनी नेकपानिकट अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष पनि हुन्। कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरबाट उनी पक्राउ परेका हुन्।











