काठमान्डौं- गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायलाई कुनै पूर्वजानकारी नदिई कोशी प्रदेशको सीमा क्षेत्रको आकस्मिक अनुगमन सुरु गरेका छन्।
सीमा क्षेत्रमा बढ्दो चोरी–तस्करी, राजस्व चुहावट तथा सुरक्षा व्यवस्थाको वास्तविक अवस्था बुझ्ने उद्देश्यले मन्त्री गुरुङ शुक्रबार साँझ सुनसरी र मोरङ पुगेका हुन्।



मन्त्रीको अप्रत्याशित ‘छड्के’ निरीक्षणपछि सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी तथा प्रशासनिक अधिकारीहरूबीच खैलाबैला मच्चिएको छ। अनुगमनका क्रममा सीमा नाकाको सुरक्षा अवस्था, तस्करी नियन्त्रणका प्रयास तथा राजस्व चुहावटसँग सम्बन्धित गतिविधिबारे स्थलगत जानकारी लिइने जनाइएको छ।
गृहमन्त्रीको यस अनुगमनलाई सीमा सुरक्षा थप प्रभावकारी बनाउने तथा तस्करी नियन्त्रणमा सरकारी संयन्त्रको कार्यसम्पादन मूल्याङ्कन गर्ने कदमका रूपमा हेरिएको छ।











