सिन्धुपाल्चोक — मेलम्ची नगरपालिकाको भूमि व्यवस्थापन शाखाको औपचारिक कार्यारम्भ नगर प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधानले संयुक्त रूपमा शुभारम्भ गर्नुभएको छ।
कार्यारम्भ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, नगरपालिकाका १३ वटै वडाका अध्यक्षहरू, शाखाका कर्मचारीहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।



कार्यक्रममा नगर प्रमुख तामाङले नागरिकलाई सहज, छिटोछरितो र प्रभावकारी भूमि व्यवस्थापन सेवा प्रदान गर्ने उद्देश्यका साथ शाखाको सञ्चालन गरिएको बताउनुभयो। उपप्रमुख प्रधानले भूमि व्यवस्थापनसम्बन्धी सेवामा पारदर्शिता, सुशासन र सेवाग्राहीमैत्री कार्यसम्पादनलाई प्राथमिकता दिइने धारणा व्यक्त गर्नुभयो।
नगरपालिकाले भूमि व्यवस्थापन शाखा सञ्चालनमा आएसँगै जग्गासम्बन्धी सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी र सहज हुने विश्वास व्यक्त गरेको छ।











