
काठमाडौं — गृह मन्त्रालयले देशभरका होटल तथा रेस्टुरेन्टमा उपलब्ध गराइने खानाको गुणस्तर सुधार गर्न तथा नागरिकका गुनासाहरू जिल्ला तहबाटै तत्काल सम्बोधन गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई विशेष निर्देशन जारी गरेको छ।
मन्त्रालयले खाद्य स्वच्छता, गुणस्तर र उपभोक्ता हितलाई प्राथमिकतामा राख्दै नियमित अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो। साथै, होटल तथा रेस्टुरेन्टमा हुने लापरवाही, अस्वच्छ खाना तथा सेवासम्बन्धी नागरिकका गुनासाहरूलाई जिल्ला प्रशासन कार्यालयमार्फत तत्काल सम्बोधन गर्न पनि आग्रह गरिएको छ।



गृह मन्त्रालयले सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी प्रभावकारी अनुगमन, कानुनको कार्यान्वयन तथा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको जनाएको छ। यस कदमले खाद्य सुरक्षामा सुधार आउने र नागरिकले सुरक्षित तथा गुणस्तरीय सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया !










