काठमाडौं । गृहमन्त्री सुधन गुरुङको विशेष निर्देशनपछि ट्राफिक प्रहरीले सवारीसाधनमा जडान गरिएका अनधिकृत कालो सिसा (ब्ल्याक फिल्म) हटाउने अभियानलाई तीव्र बनाएको छ।
अभियानलाई प्रभावकारी बनाउन गृहमन्त्री गुरुङ आफैँ ट्राफिक प्रहरी कार्यालय पुगेर आफ्नो सरकारी सवारी तथा गृहसचिव राजकुमार श्रेष्ठको सवारीमा जडान गरिएको कालो सिसा हटाउन निर्देशन दिएका हुन्। यस कदमलाई कानुन सबैका लागि समान रूपमा लागू हुने सन्देशका रूपमा हेरिएको छ।



गृहमन्त्री गुरुङले अपराध नियन्त्रण, सुरक्षा सुदृढीकरण तथा कानुनको निष्पक्ष कार्यान्वयनका लागि कुनै पनि व्यक्ति वा पदाधिकारीलाई छुट नहुने स्पष्ट पारेका छन्।
ट्राफिक प्रहरीका अनुसार अभियान अन्तर्गत हालसम्म दुई सयभन्दा बढी सवारीसाधनमाथि कारबाही गरिएको छ। अनधिकृत रूपमा कालो सिसा प्रयोग गरेका सवारीबाट ब्ल्याक फिल्म हटाउनुका साथै आवश्यक कानुनी कारबाहीसमेत गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले यस्तो अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने बताउँदै सबै सवारीधनीलाई कानुनको पालना गर्न आग्रह गरेको











