सिन्धुपाल्चोक- बलेफीका विभिन्न क्षेत्रको बजार अनुगमन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको अगुवाईमा बलेफी गाउँपालिकाका विभिन्न बजार क्षेत्रको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको नेतृत्वमा आज बजार अनुगमन गरिएको हो । उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख त्रीपुरारी बख्रेल ,जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाई , उद्योग वाणिज्य संघका प्रतिनिधि , सुरक्षा निकाय लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूबाट बिहिबार बलेफी गाउँपालिका भित्र संचालित , खाद्य वस्तु बिक्रेता, होटल, औषधि पसल, मेडिकल , निजि स्वास्थ्य संस्था लगायतका व्यवसायहरूको स्थलगत अनुगमन गरिएको हो ।




अनुगमनका क्रममा भेटिएका रु .३१७८० बराबरको अखाद्य बस्तु बरामद गरि नष्ट तथा बिभिन्न पसल, फम गरि ४०,००० जरिवाना गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । इन्धन, ग्याँस, खाद्य वस्तु लगायतका अति आवश्यक दैनिक उपभोग्य वस्तुहरूको बिक्री वितरणमा सहजता होस र व्यवसायीबाट हुनसक्ने कृत्रिम अभाव र सम्भाव्य कालोबजारी नियन्त्रणका लागि बजारको बजार अनुगमन गरिएको हो ।

दर्ता , नविकरण नगर्ने तथा सरसफाइ , म्याद गुज्रेका सामग्री राख्ने लाई सचेत गराइएको उहाँले जानकारी दिनुभयो । यस्तै त्यस क्षेत्रका निजि स्वास्थ्य संस्था, पोलिक्लिनिक र मेडिकल हरु अनुगमन गरिएको छ । दर्ता , नविकरण नगरि संचालित तथा मापदण्ड पुरा नगरेकालाई प्रक्रियामा आएर मात्र सन्चालन गर्न निर्देशन दिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले बताउनुभयो । अनुगमनका क्रममा औषधि पसल भित्र लुकिछिपि क्लिनिक सन्चालन गरेको पाएको र यस्ता कार्य कानुन बिपरित रहेकाले त्यस्ता कार्य बन्द गर्न निर्देशन दिएको छ ।
तोकिएको समयमा नविकरण तथा मापदण्ड अनुसार सन्चालन नगरे नियामानुसार कार्बाहि हुने उहाँले बताउनुभयो ।उहाँका अनुसार बार्हविसे, चौतारा, सुनको, मेलम्ची लगायत क्षेत्रमा पनि अनुगमन गरि मापदण्डमा आउन अनुरोध गरिएको छ ।मापदण्डमा नआए नियम बमोजिम कारबाहि गर्न म्याद सहित पत्रचार गरिएको बजगाईले बताउनुभयो ।











