काठमाडौं – लामो समयदेखि विशेष अदालतमा विचाराधीन रहेको टेरामक्स प्रविधि खरिदसम्बन्धी भ्रष्टाचार मुद्दाको आज सुनुवाइ हुने भएको छ।
विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार उक्त मुद्दा आजको पेशी सूचीमा समावेश गरिएको छ। टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपसहित दायर मुद्दामाथि अदालतमा सुनुवाइ हुन लागेको हो।



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रविधि खरिदमा अनियमितता तथा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
अख्तियारका अनुसार तत्कालीन मन्त्री बस्नेतले २०७४ असोज १७ गते टेरामक्स खरिद प्रक्रिया अगाडि बढाउने निर्णय गरेका थिए। उक्त खरिद प्रक्रियामा ३ अर्ब रुपैयाँभन्दा बढी रकमको भ्रष्टाचार भएको दाबी गर्दै आयोगले विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो।
मुद्दामा पूर्वमन्त्री बस्नेतका साथै नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, पुरुषोत्तम खनाललगायतलाई प्रतिवादी बनाइएको छ। आजको सुनुवाइलाई यस चर्चित भ्रष्टाचार प्रकरणको महत्वपूर्ण कानुनी प्रक्रियाका रूपमा हेरिएको छ।











