चन्दिका नेपाली/मेलम्ची – मेलम्चीमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो सिन्धुपाल्चोकको मेलम्चीमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस तथा दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ।
“स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने मूल नारासहित मेलम्ची नगर योग समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। मेलम्ची नगर योग समिति अध्यक्ष विजयकुमार दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्द्रावती क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा गङ्गा नेपालले स्वागत मन्तव्य व्यक्त गर्दै योगको महत्व र यसको नियमित अभ्यासले स्वस्थ जीवनयापनमा पुर्याउने योगदानबारे चर्चा गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले योगको नियमित अभ्यासले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।



उहाँले स्वस्थ जीवनशैलीका लागि योगलाई दैनिक अभ्यासका रूपमा अपनाउन उहाँले आग्रह गर्नुभयो। कार्यक्रममा अध्यक्ष विजयकुमार दुलालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। पूर्व वडाध्यक्ष रुद्रप्रसाद दुलाललगायत विभिन्न व्यक्तित्वहरूको आतिथ्यता रहेको कार्यक्रममा योग साधक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।











