काठमाडौं -पाँच दिने भारत भ्रमण सम्पन्न गरी नेपाल फर्किएका रवि लामिछाने प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफलका लागि सरकारी निवास बालुवाटार पुगेका छन्।
भारत भ्रमणबाट स्वदेश फर्किएलगत्तै लामिछाने बालुवाटार प्रवेश गरेको स्रोतले जनाएको छ। भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, सरकारको कार्यसम्पादन, विकास निर्माणका विषय तथा राष्ट्रिय महत्वका मुद्दाबारे छलफल हुने अनुमान गरिएको छ।



भेटवार्ताबारे आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन। दुवै नेताबीचको छलफलपछि थप जानकारी आउने अपेक्षा गरिएको छ।











