मेलम्ची— मेलम्ची नगरपालिकामा नगरस्तरीय बाल सञ्जाल पुनर्गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।नगरस्तरीय बाल सञ्जालकी अध्यक्ष अस्मिता तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधान प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा बालकल्याण अधिकारी तथा प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल, वडा सदस्यहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा बालअधिकार, बाल सहभागिता तथा बालमैत्री स्थानीय शासनसम्बन्धी विषयमा अभिमुखीकरण गरिएको थियो। सो अवसरमा नगरस्तरीय बाल सञ्जालको पुनर्गठन गर्दै प्रशान्त तामाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको महिला, बालबालिका तथा सामाजिक समावेशीकरण शाखाकी वरिष्ठ महिला सहायक लक्ष्मी परियारले जानकारी दिनुभयो।



नवगठित सञ्जालले बालअधिकार संरक्षण, बालबालिकाको अर्थपूर्ण सहभागिता अभिवृद्धि तथा बालमैत्री स्थानीय शासन प्रवर्द्धनका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।











