काठमाडौं -नेपाली सांगीतिक क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल सर्जक तथा गायक दिनेश श्रेष्ठ ले एकैसाथ दुई नयाँ गीत सार्वजनिक गरेका छन्। ‘जुनको छेउमा केहोर तारा’ र ‘गोल्ली भन्दा तिम्रो याद ज्यानमाया’ जस्ता लोकप्रिय गीतमार्फत दर्शक–श्रोतामाझ परिचित श्रेष्ठले यसपटक पनि आकर्षक प्रस्तुतीकरणसहितका दुई म्युजिक भिडियो बजारमा ल्याएका हुन्।
सार्वजनिक भएका गीतमध्ये ‘झुम्का दिउँला सुनैको’ मा चर्चित अभिनेता पल शाह र अभिनेत्री गीता ढुङ्गाना को अभिनय रहेको छ। उक्त गीतको भिडियो काजिस श्रेष्ठ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।



त्यसैगरी ‘डाँडैमा चल्यो बतास’ गीतमा निर्देशक सुनिस क्षेत्री सँगै अस्मिता जुरेली, आरुसी मगर र तिर्शना बुढाथोकी को अभिनय रहेको छ। यो म्युजिक भिडियो GSR Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
दुवै गीतमा दिनेश श्रेष्ठ स्वयंले शब्द रचना गर्नुका साथै स्वर पनि दिएका छन्। महिला स्वरमा लोकप्रिय गायिका स्मृति गौतम र शारदा रसाइली ले साथ दिएकी छन्।
सर्जक, गीतकार तथा गायकका रूपमा स्थापित श्रेष्ठले नेपाली लोक तथा आधुनिक संगीत क्षेत्रमा निरन्तर योगदान दिँदै आएका छन्। नयाँ गीतहरूमा संगीत, शब्द, अभिनय र दृश्य निर्माणको स्तर उत्कृष्ट रहेको प्रतिक्रिया दर्शक तथा संगीतप्रेमीबाट प्राप्त भइरहेको छ।
नुवाकोट का दिनेश श्रेष्ठलाई शुभकामना दिँदै दर्शक, श्रोता तथा उनका सहकर्मीहरूले दुवै गीत आगामी दिनमा थप लोकप्रिय बन्ने विश्वास व्यक्त गरेका छन्।











