काठमान्डौं- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित २३ वटा सहकारी संस्थाका सञ्चालक तथा सम्बन्धित व्यक्तिहरूको नामावली सार्वजनिक गरेको छ।
समितिले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवारका सदस्य, आफन्त, नातागोता वा अन्य व्यक्तिको नाममा सम्पत्ति तथा रकम लुकाइएको हुन सक्ने भन्दै त्यस्ता गतिविधिबारे जानकारी भए सूचना उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।



समितिका अनुसार बचतकर्ताको रकम फिर्ता प्रक्रिया प्रभावकारी बनाउन तथा हिनामिना भएको सम्पत्ति पहिचान गरी कानुनी कारबाही अगाडि बढाउन सूचना सङ्कलन अभियान सञ्चालन गरिएको हो। प्राप्त सूचनालाई गोप्य राखिने जनाउँदै समितिले विश्वसनीय प्रमाण तथा विवरणसहित जानकारी दिन अनुरोध गरेको छ।
समितिले सहकारीमा भएको अनियमितता, सम्पत्ति हस्तान्तरण, नामसारी वा लुकाइएको सम्पत्तिबारे जानकारी भए सम्बन्धित निकायमा सम्पर्क गरी सहयोग गर्न पनि आग्रह गरेको छ। यस कदमले बचतकर्ताको हित संरक्षण तथा सहकारी क्षेत्रप्रति जनविश्वास पुनःस्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
PDF: PDF











