
सिन्धुपाल्चोक- मेलम्ची नगरपालिकाका नगरप्रमुख श्री आइतमान तामाङले जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिम न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि र पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
मेलम्ची नगरपालिकाको आयोजना तथा RIMES र UCAR को सहयोगमा आयोजित मौसम पूर्वानुमान तथा जलवायु आँकलन सम्बन्धी कार्यशालाको उद्घाटन गर्दै नगरप्रमुख तामाङले विपद् पूर्वतयारी र प्रभावकारी प्रतिकार्यका लागि नगरपालिकाले आवश्यक नीति तथा कार्यक्रमहरू कार्यान्वयन गरिरहेको जानकारी दिए।



उहाँले वैज्ञानिक मौसम सूचना र जलवायु आँकलनलाई स्थानीय विकास योजना तथा विपद् व्यवस्थापनसँग प्रभावकारी रूपमा जोड्नुपर्ने आवश्यकता औँल्याउँदै यस प्रकारका कार्यक्रमले स्थानीय तहको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यशालामा मौसम पूर्वानुमान, जलवायु जोखिम मूल्याङ्कन, विपद् न्यूनीकरण तथा स्थानीय तहमा पूर्वसूचना प्रणालीको प्रभावकारी उपयोगबारे छलफल भइरहेको नगरपालिकाले जनाएको छ।
तपाईको प्रतिक्रिया !










