नेपाल विद्यार्थी संघ (नेविसंघ) को इतिहासमा पहिलो पटक महिला नेतृत्व स्थापित गर्दै करुणा कटुवाल अध्यक्ष पदमा नियुक्त भएकी छन्। नेपाली कांग्रेस सभापति Gagan Thapa ले नेविसंघको अध्यक्षमा धनकुटाकी करुणा कटुवाललाई जिम्मेवारी प्रदान गरेका हुन्।
करुणा कटुवालको नियुक्तिसँगै नेविसंघको लामो इतिहासमा पहिलो महिला अध्यक्ष बन्ने कीर्तिमान कायम भएको छ। विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएकी कटुवाललाई संगठनको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित नेतृत्व दिइएको बताइएको छ।



उनको नेतृत्वले विद्यार्थी राजनीतिमा महिला सहभागिता र नेतृत्वलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। नेविसंघमा पहिलो महिला अध्यक्षको रूपमा कटुवालको आगमनलाई महिला नेतृत्वको ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।











