
हेटौंडा – बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि प्रारम्भिक छलफल सम्पन्न भएको छ । छलफलमा सहभागी प्रदेश सरकारका प्रतिनिधिहरूले यसपटकको नीति तथा कार्यक्रम गरिब, विपन्न तथा ग्रामीण क्षेत्रका जनताको जीवनस्तर सुधारमा केन्द्रित रहेको बताएका छन् ।
प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सडक तथा आधारभूत पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै ग्रामीण बस्तीको समग्र विकासलाई जोड दिएको जनाएको छ । विशेषगरी दुर्गम तथा पिछडिएका क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम समावेश गरिने तयारी गरिएको बताइएको छ ।



त्यसैगरी युवालाई स्वरोजगार, कृषिमा आधुनिकीकरण, खानेपानी तथा सिँचाइ विस्तार, ग्रामीण सडक स्तरोन्नति र सामाजिक सुरक्षा कार्यक्रमलाई समेत नीति तथा कार्यक्रममा प्राथमिकता दिइने छलफलमा उल्लेख गरिएको छ ।
प्रदेश सरकारले आगामी नीति तथा कार्यक्रमलाई जनमुखी, उत्पादनमुखी र समावेशी बनाउने लक्ष्यसहित विभिन्न सरोकारवाला पक्षसँग निरन्तर परामर्श गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !










