काठमान।डौं- बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ। मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, वातावरण संरक्षण तथा सुशासनलाई प्राथमिकतामा राखिएको जनाएको छ।
यस्तै प्रदेश सरकारले उत्पादन वृद्धि, लगानी प्रवर्द्धन, युवा स्वरोजगार, डिजिटल सेवा विस्तार तथा स्थानीय तहसँग समन्वय गरेर विकासका कार्यक्रम अघि बढाउने लक्ष्य लिएको छ।



विपक्षी दलका नेताहरूले प्रदेश सरकारसँग आर्थिक संकट, बेरोजगारी, कृषि उत्पादन, उद्योग सञ्चालन, स्वास्थ्य सेवा र शिक्षा क्षेत्र सुधारका लागि ठोस र परिणाममुखी कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन्। उनीहरूले नीति तथा कार्यक्रममा नयाँ सोच, स्पष्ट कार्ययोजना र कार्यान्वयनको आधार कमजोर रहेको टिप्पणी गरेका छन्।
प्रदेशको आवश्यकता, स्रोत र साधनलाई ध्यानमा राखेर यथार्थपरक नीति तथा कार्यक्रम ल्याइएको प्रदेश सरकारको दाबी छ। सरकारका अनुसार आगामी वर्ष प्रदेशको आर्थिक तथा सामाजिक विकासलाई गति दिने गरी कार्यक्रम तय गरिएको छ।










