काठमाडौं – आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सरकारी कर्मचारीहरूको तलबमा कम्तीमा १५ प्रतिशत वृद्धि गर्ने तयारी गरेको छ । अर्थमन्त्री Swarnim Wagle नेतृत्वको अर्थ मन्त्रालयले तलब संरचनालाई श्रेणीगत रूपमा पुनर्संरचना गर्दै नयाँ तलबमान लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ ।
नयाँ प्रस्तावअनुसार कार्यालय सहयोगीको मासिक तलब ३२ हजार ६ सय रुपैयाँ पुग्नेछ भने मुख्यसचिवको तलब १ लाख २० हजार रुपैयाँ कायम गरिने भएको छ । त्यस्तै निजामती सेवाका अन्य कर्मचारी तथा सुरक्षा निकायका कर्मचारीहरूको तलब पनि समान श्रेणी र अनुपातका आधारमा वृद्धि गरिने जनाइएको छ ।



सरकारले बढ्दो महँगी, कर्मचारीहरूको जीवनस्तर तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले तलब पुनर्संरचनाको योजना अघि बढाएको बताइएको छ । लामो समयदेखि कर्मचारीहरूले तलब वृद्धि र श्रेणीगत सुधारको माग गर्दै आएका थिए ।
आगामी जेठ १५ गते सार्वजनिक हुने बजेटमार्फत उक्त व्यवस्था औपचारिक रूपमा घोषणा हुने अपेक्षा गरिएको छ ।









