
धादिङ-धादिङ जिल्लाको धुनिबेसी भन्ज्याङ पोखरी निवासी विनिता बास्कोटा गत चैत १५ गतेदेखि सम्पर्कविहीन भएकी छन्। घरबाट “टेलर जान्छु” भन्दै निस्किएकी उनी त्यसपछि घर नफर्किएको परिवारले जनाएको छ।
विनिताको घरमा श्रीमान र सानी छोरी रहेका छन्। परिवारका सदस्यहरूले आफन्त, साथीभाइ तथा सम्भावित स्थानहरूमा व्यापक खोजी गर्दा पनि कुनै जानकारी नपाएपछि प्रहरीमा उजुरी दिएका थिए। तर, अहिलेसम्म पनि उनको अवस्था तथा whereabouts बारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।



उनका श्रीमानले विनितालाई कहीँकतै देखेमा वा कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन सबैमा अनुरोध गर्नुभएको छ।
प्रतिक्रिया

सम्बन्धित समाचार







