काठमान्डौं-कृष्णकुमार तामाङको संयोजकत्वमा सामाजिक विकास कार्यालय धुलिखेल काभ्रेपलाञ्चोक, कृषि विकास कार्यालय धुलिखेल काभ्रेपलाञ्चोक तथा सहरी विकास तथा भवन कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकद्वारा सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ भित्र आर्थिक वर्ष २०८३/०८४ का नयाँ योजना छनोट सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सम्बन्धित कार्यालयका प्रमुख, जनप्रतिनिधि तथा सरोकारवाला पक्षहरूको सहभागिता रहेको थियो। छलफलका क्रममा क्षेत्र नम्बर २ अन्तर्गतका विभिन्न स्थानीय तहमा आवश्यक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सहरी विकाससँग सम्बन्धित योजनाहरूको प्राथमिकता निर्धारणबारे विस्तृत छलफल गरिएको थियो।



कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले जनताको आवश्यकता र स्थानीय मागका आधारमा प्रभावकारी तथा दीर्घकालीन योजना छनोट गरिने बताउनुभयो। उहाँले विकास योजनाहरूलाई पारदर्शी, व्यवहारिक र जनमुखी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।
छलफलबाट प्राप्त सुझाव तथा स्थानीय आवश्यकतालाई समेटेर आगामी आर्थिक वर्षका योजनाहरूलाई अन्तिम रूप दिइने जनाइएको छ।









