
काठमान्डौं-काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा ले पार्टीलाई एकताबद्ध बनाउन विधानको परिधिभित्र रहेर जे पनि गर्न तयार रहेको बताएका छन्। उनले १४औँ महाधिवेशनबाट निर्वाचित सबै नेताहरूलाई समेटेर अघि बढ्न आफू इच्छुक रहेको बताए।
थापाले १५औँ महाधिवेशन स्वच्छ र निष्पक्ष बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै पार्टीले नागरिक अधिकार, आत्मसम्मान, राष्ट्रिय सुरक्षा र सुशासनका विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे।



त्यसै कार्यक्रममा महामन्त्री प्रदीप पौडेल ले सरकार जनविश्वास गुमाउने दिशामा गएको टिप्पणी गर्दै प्रधानमन्त्री बालेन्द्र साह ले संसदको उपेक्षा गरेको आरोप लगाए। उनले लोकतान्त्रिक मूल्य र विधिको रक्षा गर्न कांग्रेस पछि नहट्ने बताए।
प्रतिक्रिया

सम्बन्धित समाचार







