सिन्धुपाल्चोक-मेलम्ची नगरपालिका–९ अन्तर्गतको दुर्गम क्षेत्रस्थित श्री क्यौले ठाना आधारभूत विद्यालयमा व आशा गृह क्लिनिक प्रा.लि. (NAG) को सहयोग तथा मेलम्ची नगरपालिकाको समन्वयमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
विगत तीन वर्षदेखि स्वास्थ्य सेवाबाट वञ्चित दुर्गम क्षेत्रका शिक्षक, विद्यार्थी, स्थानीय अभिभावक तथा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै सञ्चालन हुँदै आएको उक्त कार्यक्रमअन्तर्गत यस वर्ष पनि प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरिएको आयोजकले जनाएको छ।



शिविरमा दुई जना विशेषज्ञ चिकित्सकसहित दुई सदस्यीय मेडिकल टिमको सहभागिता रहेको थियो। शिविरमार्फत कुल १६४ जना सेवाग्राहीहरूले निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि सेवा प्राप्त गरेका थिए।
स्थानीयवासीहरूले दुर्गम क्षेत्रमा यस्ता स्वास्थ्य शिविरले ठूलो राहत पुगेको बताएका छन्। आयोजक पक्षले आगामी दिनमा पनि दुर्गम बस्तीका नागरिकसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउने अभियानलाई निरन्तरता दिने जनाएको छ।









