
सिन्धुपाल्चोक- मेलम्ची नगरपालिका–११ स्थित फट्टे क्षेत्रमा पक्की पुल निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ।
मिति २०८३ साल बैशाख २८ गते बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ को नेतृत्वमा आयोजित स्थलगत निरीक्षण तथा छलफल कार्यक्रममा पुल निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको हो।
कार्यक्रममा आइतमान तामाङ, यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक नवीन सिंह, पूर्वाधार विकास कार्यालय चौताराका प्रमुख प्रकाश पौडेल, स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।



छलफलपछि फट्टे पक्की पुल निर्माणका लागि Bridge Axis सुनिश्चित गर्ने, Approach सडक विस्तार गर्ने तथा आवश्यक जग्गा प्राप्तिको प्रक्रिया पूरा गरी आयोजनालाई ठेक्का प्रक्रियामा लैजाने निर्णय गरिएको बताइएको छ।
स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएको उक्त पुल निर्माणले मेलम्ची नगरपालिका–११ का नागरिकको आवतजावत सहज हुनुका साथै स्थानीय विकास र आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया !










