काठमान्डौं-खानेपानि,उर्जा तथा सिंचाई मन्त्री कृष्ण कुमार तामाङको विशेष पहलमा बागमती प्रदेश सरकारअन्तर्गत आर्थिक वर्ष २०८२/०८३ मा बजेट विनियोजन भइसके पनि सम्पन्न हुन नसक्ने अवस्थामा रहेका विभिन्न महत्वपूर्ण आयोजनाहरूलाई पूर्णता दिन आवश्यक बजेट व्यवस्थापन गरिएको छ।
खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयका अनुसार सामाजिक विकास मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका जनचासोका योजनाहरू बीचमै अलपत्र नपर्ने गरी थप बजेट सुनिश्चित गरिएको हो। यस कदमले प्रदेशका विकास निर्माण कार्यलाई निरन्तरता दिन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।



उक्त बजेट व्यवस्थापन कार्यमा सहयोग पुर्याएको भन्दै Krishna Kumar Tamang, आर्थिक मामिला तथा योजना मन्त्री तथा सामाजिक विकास मन्त्रीसहित सम्पूर्ण सरोकारवाला निकायप्रति आभार व्यक्त गरिएको छ।
प्रदेश सरकारको यस निर्णयले अधुरा आयोजना सम्पन्न गरी नागरिकलाई प्रत्यक्ष सेवा प्रवाहमा सहजता पुग्ने विश्वास लिइएको छ।







