काठमाडौं -बजारमा गीतसंगीतहरूको अवार्ड तथा सम्मान कार्यक्रमहरू दिनप्रतिदिन हुँदै गइरहेको देखिन्छ धेरै म्युजिक अवार्डहरू किनबेचको रुपमा चिर परिचित छन् र कलाकारहरूले अवार्ड किनेर प्राप्त गरेको भन्ने भाष्य सिर्जना भएको देखिन्छ। तर काव्य म्युजिक अवार्ड एउटा यस्तो म्युजिक अवार्ड हो।
जसले आफ्नो म्युजिक अवार्ड प्राप्त गर्नका निमित्त धेरैभन्दा धेरै भोट गरी गोलाप्रथा मार्फत भाग्यशाली कलाकार साथीहरुले अवार्ड प्राप्त गर्ने गरेका छन् चौथो काव्य म्युजिक अवार्ड सफलतापूर्वक सम्पन्न हुँदासम्म माथि उल्लेखित नीतिनियमबाट कलाकारहरूले म्युजिक अवार्ड प्राप्त गरेका छन्। अब हुने पाँचौं म्युजिक अवार्ड पनि सोही अनुसार हुने आयोजकले बताएका छन्।




पाँचौं काव्य म्युजिक अवार्डको कार्यक्रम कुन समय र स्थानमा हुन्छ भन्ने कुरा आयोजकले अहिलेसम्म खुलाएको छैन भने पाँचौं काव्य म्युजिक अवार्ड को टप फाईब भने सार्वजनिक गरेका छन्।







