सिन्धुपाल्चोक-मानब बेचबिखन बिरुद्धको सबालमा सुनिता फाउण्डेशनद्धारा सिन्धुपाल्चोकमा जनचेतनामुलक कार्यक्रम सम्पन्न मानब बेचबिखन बिरुद्धको सबालमा सुनिता फाउण्डेशनले मेलम्ची नगरपालिका वडा नं ६ तालामाराङ सिन्धुपाल्चोकमा मानब बेचबिखन बिरुद्धको सबालमा एक बिशेष जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा मानब बेचबिखनको परिभाषा , मानब बेचबिखनको बद्लिदो स्वरुप, लैङ्गिक असमानता, भेदभाब, हिंसा तथा यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हुन सक्ने मानब बेचबिखनको जोखिमताहरु साथै यसबाट कसरी बच्न सकिन्छ भन्नेबारेमा छलफल गरियो ।
कार्यक्रममा सुनिता फाउण्डेशन संस्थाका उपाध्यक्ष श्री तोकमाई तामाङ, समुदायमा बिभिन्न समुहमा आबद्ध महिलाहरु, पुरुषहरु, युवाहरु तथा किशोरकिशारीहरुको समाबेशी तथा अर्थपूर्ण सहभागिता थियो ।समुदायमा मानब बेचबिखन बिरुद्धको सबालको बारेमा छलफल कार्यक्रम कमै हुने गरेको हुदाँ सबै जनाले यस बिषयको बारेमा चासो लिई उपस्थििति भएको जानकारी गराउनु भयो । जनचेतनामुलक छलफल कार्यक्रमबाट धेरै कुरा सिक्न अबसर मिलेको छ ।



आगामी दिनमा यस्तै सचेतनामुलक कार्यक्रमहरुको अपेक्षा समेत गरेको सहभागिहरुले बताउनु भयो । मानब बेचबिखन बिरुद्धको सबालमा समुदायमा सञ्चालित कार्यक्रम परियोजना अधिकृत संगिता नेपालीले सहजीकरण गर्नुभएको थियो ।







