काठमाडौं — काठमाडौं उपत्यका मा आजदेखि रात्रिकालीन बस सेवा सुरु गरिएको छ। साझा यातायात ले राति ८ बजेदेखि ११ बजेसम्म दुई प्रमुख रुटमा सेवा सञ्चालनमा ल्याएको हो।
साझा यातायातसँगको सहकार्यमा सुरु गरिएको यो सेवा प्रारम्भिक चरणमा बुढानीलकण्ठ–लगनखेल तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–थानकोट रुटमा सञ्चालन हुनेछ। प्रत्येक २० मिनेटको अन्तरालमा बस सेवा उपलब्ध हुने जनाइएको छ।


यात्रु तथा चालकको सुरक्षालाई ध्यानमा राख्दै बसहरूमा CCTV जडान गरिएको छ। साथै, प्रत्येक बसमा नगर प्रहरीको उपस्थिति रहने व्यवस्था गरिएको छ, जसले रात्रिकालीन यात्रालाई थप सुरक्षित बनाउने अपेक्षा गरिएको छ।







