काठमान्डौं — गृहमन्त्री सुधन गुरुङले ‘पिर्के सलामी’ नलिने निर्णय गर्नुभएको छ। नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा पुगेर उहाँले उक्त निर्णय सार्वजनिक गर्नुभएको हो।
कार्यालय भ्रमणका क्रममा गृहमन्त्री गुरुङले सुरक्षा निकायमा देखिँदै आएको औपचारिकता र अनावश्यक परम्परालाई घटाउँदै काममुखी वातावरण बनाउनु आवश्यक रहेको बताउनुभयो। उहाँले ‘पिर्के सलामी’ जस्ता प्रचलनले समय र स्रोतको दुरुपयोग हुने भएकाले यसलाई हटाउनु उचित भएको धारणा राख्नुभयो।


उहाँलाई सशस्त्र प्रहरी बलका डिएसपी लक्ष्मण बरालले कार्यालयमा स्वागत गर्नुभएको थियो। सो अवसरमा गृहमन्त्री गुरुङले सुरक्षाकर्मीहरूलाई जनसेवामा केन्द्रित भई जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभयो।
गृहमन्त्रीको यस निर्णयलाई सुरक्षा संगठनभित्र सुधार र सरलता ल्याउने प्रयासका रूपमा हेरिएको छ।







