काठमाडौं—राजधानीस्थित राजधानी दोहोरी साँझ, माछापोखरीमा चैत २७ गते आयोजित उक्त अधिवेशनबाट लोक तथा दोहोरी गायिका गुणकुमारी खतिवडा बानियाँ (पार्वती) अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी छन्।यसअघि पाँचौँ अधिवेशनबाट म्युजिक भिडियो निर्देशक तथा कलाकार निरेन श्रेष्ठ अध्यक्षमा चयन भएका थिए।
छैटौँ अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा मुरली धिमाल, उपाध्यक्षमा दिनेश श्रेष्ठ र दिक्षा घिमिरे, महिला उपाध्यक्षमा सुमित्रा खड्का, सचिवमा गणेश घिमिरे, सह–सचिवमा सुदर्शन अधिकारी तथा कोषाध्यक्षमा सविता खड्का निर्वाचित भएका छन्।त्यस्तै सदस्यहरूमा विनोद गोदामे, कविता राई, राम थापा, कान्ति जोशी, मिरा तामाङ, रोजिना पुडासैनी लगायत कलाकारहरू चयन भई नयाँ कार्यसमिति गठन गरिएको छ।


नवनिर्वाचित कार्यसमितिलाई राष्ट्रिय संगीतकर्मी सङ्घका परिकल्पनाकार तथा वरिष्ठ गायक घमेश दुलाल ले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।कार्यक्रममा निवर्तमान अध्यक्ष निरेन श्रेष्ठ ले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। त्यस्तै केन्द्रीय अध्यक्ष तथा वरिष्ठ गायक प्रकाश कटवाल ले कलाकारितामा देखिएका नकारात्मक पक्षहरूलाई सकारात्मक दिशातर्फ लैजान तथा कलाकारको मनोबल उच्च राख्न संस्थागत रूपमा काम गर्नुपर्नेमा जोड दिँदै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरे।
अधिवेशनकै अवसरमा पत्रकार तथा सञ्चारकर्मीहरू दिनेश भण्डारी, दिपक कार्की र शिवराम भण्डारी लाई सम्मान गरिएको थियो। साथै कार्यक्रममा सहभागी विभिन्न प्रदेश, केन्द्र तथा जिल्लाका संगीतकर्मी सङ्घका प्रतिनिधिहरूलाई ‘टोकन अफ लभ’ प्रदान गर्दै सम्मान गरिएको थियो।







