
मेलम्ची – मेलम्ची नगरपालिकामा ‘एक जिल्ला एक स्वस्थ शहर’ कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ।
शुक्रबार बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्य तथा नगर प्रमुख आइतमान तामाङको सभापतित्वमा सम्पन्न नगरपालिका स्तरीय समिति बैठक तथा अभिमुखीकरण कार्यक्रममार्फत उक्त कार्यक्रम सुरु गरिएको हो।


जिल्ला जनस्वास्थ्य कार्यालयको आयोजना र मेलम्ची नगरपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा उपप्रमुख उमा प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगम लगायतले ‘स्वस्थ शहर’ अवधारणाबारे धारणा राख्नुभएको थियो।
कार्यक्रमले स्थानीय तहमा स्वास्थ्य प्रवर्द्धन र सेवा सुदृढीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया

सम्बन्धित समाचार





