काठमाडौं-गायक घमेश दुलाल र गायिका रिता कुलु को स्वरमा रहेको नयाँ नेपाली गीत ‘मत पलास’ सार्वजनिक गरिएको छ।उक्त गीतका शब्द सीता दुलाल ढकाल ले लेखेकी हुन् भने संगीत संयोजन सुफिक्स मदनले उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ। गीतमा घमेश दुलाल र रिता कुलुको सुमधुर आवाज सु न्न सकिन्छ।
गीतमा ग्रामीण परिवेश, प्रेमभाव र सांस्कृतिक झल्को समेटिएको देखिन्छ। भिडियोमा नेपाली मौलिक पहिचान झल्किने दृश्य, पहिरन र जीवनशैलीलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ।


भिडियोमा पुकार थापा,बिना राउत र दिपेन्द्र सोबाम र कलाकारहरूको अभिनयले गीतको भावलाई जीवन्त बनाएको छ भने छायांकन र निर्देशन निरेन श्रेष्ठले भिषियोलाई सशक्त बनाएको देखिन्छ। गीतले विशेषगरी नेपाली लोक–संस्कृति र भावनात्मक कथावस्तुलाई दर्शकसम्म पुर्याउने प्रयास गरेको छ।
हाल उक्त गीत युट्युबमार्फत सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
पुरा भिडियो







