काठमाडौं – नेकपा (एमाले) संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्।एमाले निर्वाचन कमिटीले बादल निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । संसदीय दलको नेताका लागि एक जनाको मात्रै उम्मेदवारी परेपछि बादल निर्विरोध निर्वाचित भएका हुन् । एमाले संसदीय दलको बैठकमा सांसद सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए। संसदीय दलको बैठकमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया थालिएको थियो।
एमालेले केन्द्रीय सदस्य निरज आचार्यको संयोजकत्वमा गठित निर्वाचन कमिटी चुनावी प्रक्रिया सुरु गरेको थियो। तर, अन्तिममा आएर सुहाङनै बादलको प्रस्तावक बनेका थिए ।प्रतिनिधि सभामा एमालेका २५ सांसद छन्।














