
सिन्धुपाल्चोक- हेलम्बुबाटै कर सेवा, राजस्व कार्यालयसँग सम्झौता भएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र आन्तरिक राजस्व कार्यालय काभ्रेपलाञ्चोकबीच करसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउने उद्देश्यले समझदारी पत्र (MOU) हस्ताक्षर गरिएको छ। सम्झौतासँगै अब PAN दर्ता, कर चुक्ता तथा अन्य राजस्व सेवा हेलम्बुबाटै उपलब्ध हुनेछन्।
कार्यक्रममा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्माले नागरिकलाई सहज सेवा दिन यो पहल गरिएको बताउँदै अब धुलिखेल धाउनुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गर्नुभयो। प्रमुख कर अधिकृत अनमोलकुमार दाहालले सेवा सरलीकरण नीतिअनुसार यस्तो सहकार्य प्रभावकारी हुने बताउनुभयो।


यससँगै हेलम्बु गाउँपालिका बागमती प्रदेशमा स्थानीय तहबाट कर सेवा सञ्चालन गर्ने पहिलो गाउँपालिका बनेको छ।
प्रतिक्रिया

सम्बन्धित समाचार





