दिपक कार्की,सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका–४, करङ्गैरा निवासी स्वर्गीय निङमान तामाङको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। कलेजोको गम्भीर रोगका कारण असामयिक निधन भएका तामाङको परिवारलाई राहत स्वरूप १ लाख १० हजार रुपैयाँ उपलब्ध गराइएको हो।
हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहनुभएका समाजसेवी तथा पीएस ट्रेड कन्सर्नका प्रोपाइटर गंगा बहादुर तामाङको सक्रियतामा यो रकम सङ्कलन गरिएको हो। फ्याफुल्ला युवा क्लबका पूर्व सचिव समेत रहनुभएका तामाङले परदेशमा ‘सहयोग अभियान’ सञ्चालन गरी विभिन्न मनकारी व्यक्तिहरूबाट उक्त रकम जुटाउनुभएको थियो।


विगत लामो समयदेखि पारिवारिक र आर्थिक सङ्घर्षमा रहेका मृतक निङमान तामाङका घरमा जन्मजात अपाङ्गता भएका तीन सन्तान छन्। ती बालबालिकाको स्याहारसुसार र घरको आर्थिक गर्जो टार्दै आएका अभिभावककै निधन भएपछि परिवारको अवस्था अत्यन्तै दयनीय बनेको छ । सोही विषम परिस्थितिलाई मध्यनजर गर्दै तामाङले कोरियाबाटै अभियानको नेतृत्व गर्नुभएको हो।
अभियानका क्रममा विभिन्न मनकारी नेपालीहरूबाट संकलन भएको कुल रु. १,१०,००० (एक लाख १० हजार) रकम आज मृतककी श्रीमती र परिवारलाई उनीहरूकै निवासमा पुगेर हस्तान्तरण गरिएको हो। सो रकम बुझ्दै मृतककी श्रीमतीले आँसु झार्दै सहयोगी मनहरूलाई धन्यवाद दिनुभयो।
हस्तान्तरण कार्यक्रममा स्थानीय समाजसेवी र मृतकका आफन्तहरूको उपस्थिति रहेको थियो। उनीहरूले परदेशमा पसिना बगाएर पनि आफ्नो माटो र गाउँलेको दुःखमा साथ दिने गंगा बहादुर तामाङ र अन्य सम्पूर्ण दाताहरूको उच्च प्रशंसा गरेका छन्।
मनकारी सहयोगदाताहरू
गंगा बहादुर तामाङ (करङ्गैरा) – रु. १०,७०१
अन्जला तामाङ (लप्से, हाल अष्ट्रेलिया) – रु. १०,०००
प्रताप लामा (कोले) – रु. ५,५५५
विकास तामाङ (लामाटोल) – रु. ५,०००
तुल्सिराम बुढामगर (बाग्लुङ) – रु. ५,०००
सूदीप तामाङ (लामाटोल) – रु. ५,०००
अमृत लामा (लप्से) – रु. ५,०००
दिलिप तामाङ (डाँडागाउँ) – रु. ५,०००
जनक तामाङ (लप्से) – रु. ५,०००
सिताराम तामाङ (दुते, डाँडागाउँ) – रु. ४,४४४
राजेश बम्जन (करङ्गैरा) – रु. ४,०००
निराजन गोले (धुस्कोट) – रु. ४,०००
दिपेश कार्की (देउराली) – रु. ४,०००
कासंग तामाङ (सिन्धुपाल्चोक) – रु. ३,५००
ज्योति लिम्बु (मधुमल्ला, मोरङ) – रु. ३,३००
सुमन लिम्बु (तेह्रथुम) – रु. ३,०००
हेम थापा (पाल्पा) – रु. ३,०००
दिपेन भट्ट (दार्चुला) – रु. २,५००
बिर बहादुर पुन मगर (दाङ) – रु. २,५००
कर्म लामा (काभ्रेपलाञ्चोक) – रु. २,०००
सुरेश फुयाल (खोटाङ) – रु. २,०००
मोहन रायमाझी (सिन्धुली) – रु. २,०००
गजेन्द्र कुँवर (बुटवल) – रु. २,०००
सुरज लिम्बु (इलाम) – रु. २,०००
राजा मेहेता (विराटनगर) – रु. २,०००
सुजन तामाङ (लप्से) – रु. २,०००
नवराज तामाङ (काभ्रेपलाञ्चोक) – रु. १,५००
रामचन्द्र आचार्य (मोरङ) – रु. १,५००
ददिराम पन्त – रु. १,५००
जीवन बुढा (कालिकोट) – रु. १,०००







