काठमान्डौं-काठमाडौंमा प्रथम मुर्चुङ्गा म्युजिक अवार्ड २०८२ भव्यताका साथ सम्पन्न भएको छ। गीत–संगीत क्षेत्रमा सक्रिय कलाकारहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त अवार्ड कार्यक्रम २०८२ चैत २ गते इन्द्रेणी सांस्कृतिक समाज, काठमाडौंमा सम्पन्न भएको हो।
कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका मिरा राणा प्रमुख अतिथि तथा युद्धबहादुर खत्री विशेष अतिथिको रूपमा सहभागी रहेका थिए। गायक–गायिका, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।



अवार्ड समारोहमा गीत–संगीतका विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याएका कलाकारहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। साथै, जुरी अवार्डसहित सञ्चारकर्मी तथा पत्रकारहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको आयोजकले जानकारी दिएको छ।
नेपालको विविध सांस्कृतिक पहिचान झल्काउने गीत–संगीतलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताइएको छ।







