सिन्धुपाल्चोक-सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा १५ शैया क्षमताको अस्पताल निर्माण सम्पन्न भएको छ। दुर्गम भौगोलिक अवस्थाका कारण सामान्य उपचारका लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता झेल्दै आएका स्थानीय अब आफ्नै क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अवस्थामा पुगेका छन्।
अस्पताल सञ्चालनमा आएपछि आकस्मिक सेवा, मातृ तथा शिशु स्वास्थ्य सेवा तथा सामान्य उपचारलगायतका आधारभूत स्वास्थ्य सुविधा स्थानीयवासीले गाउँपालिकाभित्रै पाउने अपेक्षा गरिएको छ।


स्थानीय नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ जनप्रतिनिधिहरूले अस्पताल निर्माणलाई प्राथमिकतामा राखेका थिए। विकासका काम नभएको भन्ने आलोचनाबीच अस्पताल निर्माण सम्पन्न हुनु हेलम्बु गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।







