बलात्कारपछि हत्या गरिएकी सुर्खेतकि इनिशा बिकको न्यायको माग गरिएको छ । चौताराका सचेत युवाहरुको समुहले जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर दिप प्रज्वलन सहित न्यायको माग गरेका हुन् । करिब २ दर्जनको संख्यामा उपस्थित युवाहरूले #justicforinisha लेखिएको तस्बिर सहित ५ मिनेट मौन रुपमा उभिएर न्यायको माग गरेका हुन् ।
गत फागुन २३ गते शनिबार बिहान ‘प्रयोगात्मक छ’ भन्दै घरबाट निस्किएकी १६ वर्षीया इनिशा करिब ९ बजेतिर वीरेन्द्रनगर–४ स्थित शहीद पार्क नजिकैको जंगलमा बेहोस अवस्थामा भेटिएकी थिइन्। उनीसँगै रहेका वीरेन्द्रनगर–९ का अनमोल गौलीलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो।


चौताराको विरोधसभामा साहित्यकार अमित घिमिरेले सचेत पुरुषले कहिल्यै बलात्कार नगर्ने बताए । त्यस्ता बलात्कारीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने उनको तर्क थियो । चौताराका विकास काफ्ले, विजय नेपाल लगाएत युवाहरूले त्यसको संयोजक गरेका थिए ।







